+
+

राजस्थान ५९ रनमा अलआउट, बेंगलोर ११२ रनले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते २०:५०

३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ ।

आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । बेंगलोरले भने प्लेअफ सम्भावना कायम राखेको छ ।

बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । १३ खेलबाट १२ अंक रहेको राजस्थान छैटौं स्थानमा छ ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

बेंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ५५ रन बनाए । उनले ४४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर् ।

यस्तै ग्लेन म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छ्कका प्रहार गर्दै ५४ रन बनाए । विराट कोहलीले १८ रन बनाए । अनुज रावतले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित २९ रन बनाए ।

राजस्थानका एडम जाम्पा र केएम आसिफले समान २ विकेट लिए । १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमै ५९ रनमा अलआउट भयो ।

राजस्थानका लागि शिमरन हेतमायरले सर्वाधिक ३५ र र जो रुटले १० रन बनाए ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानलाई अलआउट गर्न बेंगलोरका वायने पार्नेलले २ तथा माइकल ब्रेसवेल र कर्ण शर्माले समान २ विकेट लिए ।

मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?