+
+

सीएनएनको उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ पनि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते २१:०१

३१ वैशाख, काठमाडौं ।  अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ पनि राखेको छ ।

सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूचि सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्वीरसहित मुस्ताङलाई १६ औं नम्बरमा राखेको छ ।

यो ठाउँ पदयात्राका लागि उत्कृष्ट रहेको सिएनएनले जनाएको छ ।

तिब्बतको नजिक रहेको लोमाङथाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने छ । सीएनएनको सूचिको पहिलो नम्बरमा पश्चिम अष्ट्रेलियाको एउटा क्षेत्र छ । जहाँबाट गत महिनाको लागेको सूर्यग्रहण पूर्णरुपमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?