+
+

खाँदबारीमा पुरीलाई तीन संस्थाको सम्मान, ‘खाली खुट्टा’ कृतिको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते ९:५७

१ जेठ, विराटनगर  । संखुवासभाका तीन संस्थाले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन( प्याब्सन)का पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई सम्मान गरेका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित कार्यक्रममा तीन संस्थाले पुरीलाई सम्मान गरेका हुन् ।

उनलाई मकालु साहित्यिक समाज खाँदबारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) संखुवासभा र हिमालय माध्यमिक विद्यालयको २०४२ सालको एसएलसी ब्याचले सम्मान गरेको हो ।

पुरी संखुवासभाका बासिन्दा हुन् । संखुवासभाबाट एसएलसी पास गरेपछि अध्ययनका लागि विराटनगर आएका पुरीले प्याब्सन मार्फत राष्ट्रिय स्तरको पहिचान बनाएका छन् । संखुवासभामा जन्मिएका व्यक्तीले राष्ट्रिय पहिचान बनाएका कारण योगदानको कदर गर्दै सम्मान गरिएको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

सोही कार्यक्रममा टिकाराम पुरीले लेखेको पुस्तक ‘खाली खुट्टा’को परिचर्चा गरिएको थियो । कार्यक्रममा प्राज्ञ तथा राष्ट्रियसभा पूर्व सदस्य खेम नेपालीले पुरीले समाजको यथार्थलाई पुस्तकमा प्रस्तुत गरेको बताए । पुस्तकभित्र नेपाली भाषामाथि भइरहेको प्रहारदेखि समाजको अवस्थालाई चित्रण गरिएको उनले बताए ।

कार्यक्रममा साहित्यकार टिका आत्रेय, खगेश्वर घिमिरे र मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले पनि पुस्तकबारे आ–आफ्ना धारणा राखेका थिए ।

लेखक पुरीले पुस्तकमा सबै विषयलाई पारदर्शी रुपमा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?