+
+

सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:३०

१ जेठ, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । २ जेठमा ५ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बोकबोलका लागि नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको छ ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने ऋणपत्रमा २ जेठ मंगलबार ३ बजेसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले जनाएको छ ।

३ जेठमा निष्कासन हुने ऋणपत्रको सावाँ ३ जेठ २०८५ मा भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने आर्जित ब्याजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । उक्त ऋणपत्रमा बोलकबोलका लागि कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन पेश गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?