+
+

नेप्सेमा एकल अंकको सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १५:२१

१ जेठ, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ ।

विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिका‌ंश उपसूचक गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ । सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।

निर्जीवन बीमा उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.३१ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । आइतबार ९० करोडको कारोबार भएको बजारमा सोमबार घटेर ७२ करोड ६५० लाखमा झरेको छ । २० हजार १५८ वटा कारोबारमा २३ लाख ४१ हजार २४० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३ करोड ४ लाख २९ हजारको कारोबार हुँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २ करोड ९९ लाख र नागरिक लगानी कोषको २ करोड ४४ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै १९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

सोमबार कारोबार भएकामध्ये एनआईसीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८८ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा ६.११ प्रतिशत र राप्ती हाइड्रोपावर जनरल कम्पनीको सेयरमूल्य ६.०४ प्रतिशतले वृद्धि भएको छ ।

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?