+
+

घोराही-तुलसीपुरको चार लेन सडकको ठेक्का खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १६:३८

१ जेठ, दाङ । सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का तोडेको छ । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङको एक कार्यक्रममा शर्माले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’  उनले ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि बताइन् । नयाँ ठेक्का लगाउने काम छिट्टै सुरु गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन् ।

नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उनले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताइन् ।

भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत छ । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?