+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बेलाको ब्राण्डका इलेक्ट्रिक्स सामान नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:१९

काठमाडौं । बेलायती ब्रान्डको बेलाको होम एप्लाइसेन्सको प्रोडक्ट नेपाली बजारमा आएको छ । आईकेबीएस ग्रुप प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डका होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार नेपालमा उपलब्ध हुँदै आइरहेको र आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

आईकेबीएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका यूकेका युवा संयोजक अब्दुल बसिदले बेलाको ब्राण्डका इलेक्ट्रिक्स सामान र उपकरणको शुभारम्भ गरेका हुन् ।
उनले बेलाको होम एप्लाइसेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद् रहेको बताए । ‘हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ,’ उनले भने‘ मेहनत गरेर मात्रै उपलब्धि चुम्न सकिन्छ ।’

हजारौ नेपाली जनता वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिपेक्षमा आफ्नै स्वदेशका लागि केही गर्नका लागि भन्दै बेलाका ब्राण्ड नेपालमा विस्तार गर्न लागेको उनले बताए ।

‘नेपाल अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । तर, यही बेला हामीले बेलायतको चर्चित बेलाका ब्राण्ड नेपालमा भित्राएका छौं,’ उनले भने, ‘हामीले नेपालमा व्यवसाय सुरु गर्न लागेका छौं । यसबाट पक्कै पनि केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना गर्नुको साथै नेपालको अर्थतन्त्रमा पनि केही हदसम्म टेवा पुर्‍याउने आशा गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?