+
+

भारतमा रहेका अफगानिस्तानका राजदूत फरिद तालिवानप्रति आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:१६

१ जेठ, काठमाडौं । आफ्नो स्थानमा कादिर शाहलाई नियुक्त गरेपछि भारतमा रहेका अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले तालिवान सरकारको आलोचना गरेका छन ।

अफगानिस्तानमा तालिवानको शासन आउनुअघि सन् २०२० देखि नै भारतका लागि फरिद राजदूत छन् ।

तर तालिवान सरकारले गत महिना फरिदलाई काबुल फिर्ता बोलाउँदै ट्रेड काउन्सिलर कादिर शाहलाई कार्यकारी राजदूत बनाउने निर्णय गरेको थियो । तालिवानले फरिदमाथि  भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

तालिवान सरकारको त्यो निर्णयको विरोध गर्दै दिल्लीस्थित दूतावासकातर्फबाट विज्ञप्ति निकालेर फरिदले मिसनको जिम्मेवारी पाएको भन्ने शाहको दाबीलाई खारेज गरेको बताएका छन् ।

फरिदले आफूले दिल्लीमा बसेर अफगानी नागरिकको हितका लागि पूर्ववत् रुपमा नै काम गरिरहेको जानकारी अफगानी नागरिकलाई दिन चाहेको बताएका छन् ।

भारतले अहिलेसम्म तालिवान सरकारलाई मान्यता दिएको छैन । त्यसैले फरिदले नै राजदूतका रूपमा दिल्लीमा काम गरिरहेका छन् ।

उनले तालिवान सरकारलाई मान्यता नदिने र अफगानी नागरिकको हितमा काम गर्ने गरेको भन्दै भारतको सराहना पनि गरेका छन् ।

भारतले फरिद फिर्ता भएर शाहलाई राजदूतका रुपमा स्वीकार गरेमा भारत सरकार र तालिवानबीचको सम्बन्ध औपचारिक हुने प्रक्रिया अघि बढ्ने छ ।

भारतले सन् २००८ मा काबुलमा रहेको आफ्नो दूतावासमा तालिवानले आतंककारी आक्रमण गरेको र भारत तथा भारतीयमाथि अन्य आतंककारी आक्रमणमा पनि उनीहरुको संलग्नता रहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?