+
+

म्यानचेस्टर सिटीले यसरी आफूलाई पुर्‍याउँदैछ ट्रेवल उपाधिको नजिक

ड्यानी मर्फी ड्यानी मर्फी
२०८० जेठ १ गते २०:२९

१ जेठ, काठमाडौं । म्यानचेस्टर सिटी महान सफलताबाट चार जित नजिक छ । आइतबाराति एभर्टनमाथिको जितले उनीहरु अद्भूत ट्रेवल उपाधिको नजिक किन छन् भनेर प्रष्ट पारेको छ ।

मानिसहरु अक्सर पृष्ठभूमिका विवरणहरु ठीकसँग नबुझी हल्काफुल्का अन्दाजमा कुनै टिमको जित मानसिकता वा सम्भावनाबारे चर्चा गरिदिन्छन् । तर, सिटीले गोडिसन पार्कमा जे गरेको छ त्यो उनीहरुको सफलताको स्तरका लागि सटिक उदाहरण हो ।

म एभर्टनसँगको खेलअघि ग्वार्डिओलाको रणनीतिबाट अचम्ममा परेको थिएँ । किनभने पछिल्ला लिगका चारमध्ये तीन खेल जितेको सिटीले सेटमा एकमात्र परिवर्तन गरेको थियो । जोन स्टोन्सको स्थानमा एमेरिक लापोर्टेलाई राखिएको थियो । जबकि उनीहरुले घरेलु मैदानमा बुधबार रियल मड्रिडको सामना गर्दैैछन् ।

मेरो विचारमा पछिल्ला केहि सातामा एभर्टनको सुधारिएको प्रदर्शनबाट ग्वार्डिओला सशंकित थिए । वा उनलाई आफूले छानेका खेलाडीमा पूर्ण विश्वास थियो । शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि यो उनका लागि सिजनकै महत्वपूर्ण साता हो ।

फुटबलमा सबैभन्दा कठिन कुरा भनेकै एक वास्तवमै ठूलो खेल खेल्नु हो र सिधा नतिजामा केन्द्रित हुनु हो । कागजी रणनीतिभन्दा मैदानको लडाईंले धेरै नै अर्थ राख्छ ।

अघिल्लो साता सान्टियागो बर्नबेउमा खेल्न जाँदा सिटीले ठ्याक्कै त्यस्तै गरेको थियो । संसारका दुई सर्वश्रेष्ठ टिमबीचको भिडन्तलाई संसारले हेरेको थियो । आइतबार गोडिसन पार्कमा पनि रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको एभर्टनलाई सिटीले त्यस्तै गर्‍यो ।

गोडिसन पार्कमा अहिले त्यति रौनकता छैन । तर, पनि अंकतालिकामा एभर्टनको कमजोर स्थितिलाई मध्यनजर गरी सिटीका केहि खेलाडीहरु विपक्षी टिमसँग चनाखो थिए । किनभने उनीहरुले घरेलु मैदान भोकाएको बाघजस्ता बनेका थिए ।

यो शालीनता टिमको व्यावसायिकताको कारणले बनेको होइन । सिटी टिम केहि रक्षात्मक थियो । उसको रक्षापंक्तिले यो सिजनभर शानदार प्रदर्शन गरिरहेको छ । त्यसैले जब म कुनै खेलाडीको जित मानसिकताको बारेमा कुरा गर्छु तब म म्यानुअल आकान्जीको बारेमा कुरा गर्नेछु । जसले एलेक्स इबोबीलाई उत्तिकै सम्मान गर्छन् जति रोड्रिगोलाई लार्छन् ।

त्यस्तै व्यवहार फरवार्ड रियाद मेहेरेज र फिल फोडेनको पनि थियो । जो रियल मड्रिडसँगको खेलमा बेन्चमा थिए भने आइतबार टिममा फर्किएका थिए ।

उनीहरु उदास थिएनन् । एउटा ठूलो खेलमा खेल्न नपाउनुको निराशा उनीहरुको अनुहारमा देखिएको थिएन । त्यसको अलावा उनीहरु आफ्नो काम र जिम्मेवारीमा प्रष्ट थिए ।

उपाधि जित्नका लागि तपाईंको मानसिकता यस्तै हुनुपर्छ । निश्चित रुपमा रचनात्मकता र गोलको माध्यमबाट खेल जित्ने क्षमता पनि आवश्यक पर्छ । तर, हरेक सिजन सबै तत्वहरुमा एकसाथ सफलता लिनका लागि मानसिक र शारीरिक क्षमता चाहिन्छ । जस्तो अहिले सिटी टिममा देखिएको छ ।

सिटीका धेरै खेलाडीहरु क्रिसमसअघि विश्वकपका लागि गएका थिए । तर, उनीहरु सबै बलिया र फिटनेसको हिसावमा सही चरणमा थिए ।

आइतबारको खेल हेरेपछि मलाई उनीहरु सबै सफलताका लागि योग्य पात्र हुन् भन्ने लागेको छ । सिटीको टिममा प्रसंशा गर्नुपर्ने पात्रहरु धेरै छन् । उनीहरुले आफ्नो सामुहिक शक्तिमार्फत टिमलाई यो अवस्थामा पुर्‍याएका हुन् ।

प्रिमियर लिगको ६ सिजनमा पाँचौं जित लगभग पूरा भइसकेको छ । चेल्सी र ब्राइटन वा ब्रेन्टफोर्डमाथिको जितले उनीहरुको काम सम्पन्न हुनेछ । त्यसैले अब एउटा मात्र जिज्ञाशा के हो भने सिटीले थप अरु के जित्नेछ ? वा, उसलाई कसले रोक्न सक्ला  ?

बुधबार इत्तेहाद रंगशालामा सिटीको ट्रेवल उपाधि समाप्त पार्न रियल मड्रिडले शानदार प्रदर्शन गर्नुपर्नेछ । यही कुरा वेम्बलीमा हुने एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडको हकमा पनि लागू हुनेछ । यी टिमहरुका लागि सिटीलाई रोक्ने रणनीति मात्र पर्याप्त हुनेछैन । उविरुद्ध गोल गर्ने प्रयास पनि गर्नुपर्छ ।

सिटीको खेल हेर्नका लागि अद्भूत, शानदार रचनात्मक र निकै धेरै गोल गर्नका लागि चर्चित छ । उनीहरु सधैं, सबै विपक्षीलाई यसैगरी बाहिर राख्न सक्छन् भन्ने कुरामा मलाई विश्वास छैन ।

तर, विशेष गरी पछिल्ला केहि महिनामा उनीहरु वास्तवमै ठोष र स्थिर छन् । यसले उनीहरुको रक्षापंक्तिमा को छन् भन्ने विषयले फरक पार्दैन । उनीहरुले पछिल्लो ११ लिग खेल जितेका छन् र त्यसबीचमा सात गोलमात्र खाएका छन् । मेरो विचारमा उनीहरुको रक्षापंक्ति सन् २०१६ मा ग्वार्डिओलाको आमगनयता कै राम्रो भएको छ ।

मलाई सम्झना छ, सन् २०१९–०२० को सिजनको सुरुवातमै जन लापोर्टे घाइते भएका थिए, सिटीसँग सेन्टर ब्याकका रुपमा स्टोन्स र निकोलास ओटामेन्डीमात्र थिए । यो जोडीमाथि ग्वार्डिओलालाई त्यति भरोसा थिएन । भिन्सेन्ट कोम्प्यानीले त्यतिबेलै क्लब छाडेका थिए तर, उनको स्थानमा नयाँ अनुबन्धन भएको थिएन । त्यसैले फर्नान्डिन्होले पछाडि हटेर खेल्नुपरेको थियो ।

सिटीसँग शानदार डिफेण्समात्र होइन संसारकै सबैभन्दा उत्कृष्ट होल्डिङ मिडफिल्डर पनि छन् । रोड्रीजति शानदार यो सिजन अरु कोही पनि खेलाडी छैनन् । त्यसैले त उनी टिकाउ र विश्वसनीय छन् । उनले कुनै खेल गुमाएका छैनन् ।

अहिले, सिटीको ब्याक लाइनमा आफ्नो स्थान सुरक्षित गर्न ठूलो प्रतिस्पर्धा छ । उनीहरुलाई पालैपालो अवसर दिदाँ पनि टिमको सन्तुलनमा केहि फरक परेको छैन ।

जनवरीमा जोआओ क्यान्सेलो लोनमा बायर्न म्युनिख जाँदा लेफ्ट ब्याकमा अब कसलाई खेलाउने होला भनेर मलाई अचम्म लागेको थियो । तर, नाथान एके र अकांजीले त्यो पोजिसनमा शानदार खेलिरहेका छन् ।

यी दुई खेलाडी आफ्नो करिअरकै सर्वश्रेष्ठ फुटबल खेलिरहेका छन् भनेर म दावीका साथ भन्न सक्छु । र, निश्चित रुपमा सिटीका अधिकांश डिफेण्डरले यस्तै खेलिरहेका छन् ।

स्टोन्स सिटीमा पहिलाभन्दा धेरै खुसी देखिन्छन् । मिडफिल्डबाट राइट ब्याक हुँदै सेन्टर ब्याकमा उनले अभूतपूर्व खेलिरहेका छन् । वाल्करले ३२ वर्षको उमेरमा आफ्नो स्तर बढाएका छन् । रक्षात्मक रुपमा सिटी यति बलियो देखिन्छ कि वाल्करलाई छक्याउनु असम्भवजस्तो बनेको छ ।

म युरोपियन च्याम्पियनसिपमा स्वीटरजरल्याण्डका लागि खेलेको देख्दैमा आकांजीबाट प्रभावित भएको थिएँ । त्यसयता उनले आफूलाई धेरै सुधारेका छन् । प्रिमियर लिगमा यो उनको पहिलो सिजन हो । तर, खेल हेर्दा कमैलाई विश्वास लाग्छ । उनको आत्मविश्वास र शारीरिक क्षमता उत्कृष्ट छ ।

उनीहरुको रक्षापंक्तिमा एकमात्र खेलाडी छन् जसको खेल सुधारिएको भन्न सक्दिन । किनभने उनी लामो समयदेखि बाँकी सबैभन्दा माथिल्लो स्तरमा नियमित खेलिरहेका छन् । उनी त्यत्तिकै उत्कृष्ट छन् ।

एकेले ज्याक ग्रेलिससँग बाया विंगमा एक शानदार सन्तुलन बनाएका छन् । तुलनात्मक रुपमा लापोर्टेले त्यति गर्न सकेका थिएनन् । तर, एभर्टनको खेलमा उनले पनि देखाए कि आवश्यक समयमा म पनि टिमका लागि योगदान गर्न सक्छु ।

सिटीसँग शानदार डिफेण्समात्र होइन संसारकै सबैभन्दा उत्कृष्ट होल्डिङ मिडफिल्डर पनि छन् । मेरो विचारमा रोड्रीजति शानदार यो सिजन अरु कोही पनि खेलाडी छैनन् । त्यसैले त उनी टिकाउ र विश्वसनीय छन् । उनले कुनै खेल गुमाएका छैनन् ।

यी स्पेनिस सुपरस्टार सन् २०१९ देखि सिटीमा छन् । उनले सन् २०२१–०२२ को सिजन सबैभन्दा थोरै ४६ खेल खेलेका थिए । यो सिजन ५१ खेल खेलिसकेका छन् । एटल्टिको मड्रिडबाट म्यानचेस्टर आउँदा रोड्री केवल २३ वर्षका थिए । जसले एक अभूतपूर्व खेलाडीका रुपमा आफूलाई विकास गरेका छन् ।

सिटीमा पहिलोपल्ट खेल्दा उनी व्यावसायिक थिए । आफूसँग बल हुँदा रक्षात्मक सोच देखाउँथे । उनी बल पोजिसनमा उत्कृष्ट छन् । बललाई हमेसा खतरनाक क्षेत्रमा पुर्‍याउँछन् ।

रक्षात्मक रुपमा उनीहरु अहिले पनि जोखिम न्यूनीकरणमा पूर्ण रुपमा प्रभावशाली छन् । र, सबैभन्दा ठूलो कुरा सेट पिसका अवसरहरुमा भौतिक उपस्थिति उत्कृष्ट छ ।

सिटीले अहिले जसरी खेलिरहेको छ त्यो हेर्दा रियल मड्रिडलाई आउने बुधबार ठूलो चुनौति हुनेछ । फाइनलमा मिलानको एक क्लबसँग पनि स्थिति त्यस्तै हुनेछ ।

फुटबल पण्डित ड्यानी मर्फीले बीबीसी स्पोर्टसका क्रिश बेभानसँग गरेको कुराकानीको अनुवाद ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?