+
+

गिलको शतकमा गुजरात प्लेअफमा, हैदरावाद बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते ६:१०

२ जेठ, काठमाडौं । शुभमन गिलको पहिलो शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । गएरातिको यस जितपछि गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको छ ।

१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले शीर्ष दुईमा रहने पक्का छ र सिधै क्वालिफायर खेल्नेछ । उक्त खेल जितेमा गुजरात सिधै फाइनल पुग्नेछ । गजरातले अब लिगमा बेंगलोरसँग खेल्न बाँकी छ ।

आठौं हार बेहोरेको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । टिमले रनको खाता नखोल्दै ओपनर ऋद्दिमन शाहलाई गुमाए पनि गिले साई सुदर्शनसँग मिलेर १४७ रनको साझेदारी गरे । गिलले ५८ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा १०१ रन बनाए ।

साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरी ४७ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए ।

१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन बनाए । भुवनेश्वर कुमारले २७ रन जोडे ।

गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै मोहित शर्माले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?