+
+

च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने एसी मिलानका प्रशिक्षक पिओलीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १३:५२

२ जेठ, काठमाडौं । एसी मिलानका प्रशिक्षक स्टेफानो पिओलीले च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानसँग पराजित भए पनि आफ्नो टोली सेमिफाइनल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पहिलो लेगमा एसी मिलान इन्टरसँग २-० ले पराजित भएको थियो । मिलान शहरका यी दुई टोलीबीच मंगबार राति सान सिरोमा दोस्रो लेग हुँदैछ ।

दुवैको मैदान एउटै रहेको दोस्रो लेगमा इन्टर होम टिमको रुपमा रहनेछ । गत बुधबार भएको पहिलो लेगको खेलमा इन्टरका लागि एडेन जेको र हेनरिख मिखातर्‍यनले गोल गरेका थिए ।

‘हामीलाई थाहा छ हामी खराब अवस्थामाबाट सुरु गर्दैछौँ तर हामीसँग यसलाई उल्टाउने क्षमता पनि छ’, पिओलीले भने, ‘अहिले कसैले पनि हामी फाइनल पुग्छ भने सोच्दैनन् ।’

पिओलीले आफ्नो टिमले राम्रो खेल खेल्ने सक्ने भन्दै आफ्नो खेलाडीको बलियो पक्षबारे जानकार रहेको बताए । ‘यसअघि हामी केही गल्ती गर्‍यौँ तर अहिले त्यो अप्रासंगिक भइसक्यो ।’

उनले आफूहरुको दिमाखमा जित्ने र फाइनलमा छनोट कुरा मात्र रहेको बताए । ‘हाम्रो लक्ष्य जिते र फाइनल पुग्ने हो । जुन कसैले पनि प्रेडिक्ट गरेका छैनन् । सुरुमा पनि कसैले हामी सेमिफाइनल पुग्छ भनेर सोचेका थिएनन् ।’

७ पटकको युरोपियन च्याम्पियन्स लिग विजेता एसी मिलानले विंगर राफेललिआओलाई दोस्रो लेगमा खेलाउने सम्भावना छ ।

चोटका कारण २३ वर्षीय पोर्चुगिज लिआओले पहिलो लेगको खेल गुमाएका थिए ।

‘उनी अहिले बेटर छन् । साथै मिडफिल्डर राडे क्रुनिक र विंसर जुनियर मेसिएस पनि ठिक छन् । यही सबै कुरा राम्रो भए उनीहरु खेलका लागि उपलब्ध हुन सक्छन्,’ पिओलीले भने ।

सिरी ए मा पाँचौ स्थानमा रहेको एसी मिलान भन्दा इन्टर ५ अंक धेरै जोड्दै तेस्रो स्थानमा छ । इन्टर सन् २०१० मा च्याम्पियन बनेपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्ष्यमा छ ।

‘हामीलाई थाहा छ । इन्टरको इतिहासमै यो सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक हुनेछ’, इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले भने, ‘हामीलाई एडभान्टेज छ । तर हामीले यसलाई व्यवस्थापन मात्र गरेर हुँदैछ । हामीले इन्टर जस्तै खेल्नुपर्छ किनकी हाम्रो अगाडि बलियो टिम छ ।’

इन्जाघीले सपना पूरा गर्न ९० मिनेटमा टाढा रहेको र यो आफू र खेलाडीको सपना रहेको बताए । सिरी ए मा ससुलो विरुद्ध ४-२ को जितमा हाफ टाइममा मैदान बाहिर आएका फरवार्ड जाओक्विन कोरेअ एसी मलान विरुद्ध खेल्ने सम्भावना छ ।

अर्को सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेष्टर सिटीले १-१ को बराबरी खेलेका थिए । दोस्रो लेग सिटीको मैदानमा बुधबारराति हुनेछ ।

च्याम्पियन्स लिगको फाइनल आगामी जुन १० मा टर्कीयको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?