+

आर्मी र थ्री स्टारको बराबरी

२०८० जेठ  २ गते १७:३३ २०८० जेठ २ गते १७:३३
आर्मी र थ्री स्टारको बराबरी

२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले मिडफिल्डबाट शानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो ।

तर अग्रता जोगाउन नसक्दा थ्री स्टारले नियमित समयको ४ मिनेट बाँकी रहँदा आर्मीका दिनेश हेन्जनको हेडर गोल खान पुग्यो ।

८६ औं मिनेटमा सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेडर गोलमा परिणत भएको हो ।

यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब थ्री स्टार क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय