+
+

कर्णालीभन्दा मधेश प्रदेशको प्रतिव्यक्ति आय कम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते २०:२०
फाइल तस्वीर

२ जेठ, काठमाडौं । विकट कर्णाली प्रदेश भन्दा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रतिव्यक्ति आय) कम रहको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) मा मधेश प्रदेशको प्रतिव्यक्ति आम्दानी सबैभन्दा कम ८७५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

यस्तै सबैभन्दा धेरै प्रतिव्यक्ति आय बागमती प्रदेशको २४५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । चालु आवमा नेपालको औसत प्रतिव्यक्ति आय १३९९ डलर रहने अनुमान गरेको छ । बागमती र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय नेपालको औसत भन्दा माथि हुँदा अन्य ५ वटा प्रदेशको भने औसतभन्दा कम रहेको छ ।

चालु आवमा बागमती प्रदेशपछि गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १४९२ डलर पुग्ने अनुमान गरिएको छ । यस्तै कर्णाली प्रदेशको मधेश प्रदेशपछिको न्यून ९९७ डलर प्रतिव्यक्ति आय पुग्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय १ हजार ६३ डलर, लुम्बिनी प्रदेशको ११२६ अमेरिकी डलर र कोशी प्रदेशको प्रतिव्यक्ति आय १२९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रिय तथ्यांक कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?