+
+

ज्योतिषशास्त्र : के हो नाडीदोष ?

ज्योतिषी शिवबल्लभ रेग्मी ज्योतिषी शिवबल्लभ रेग्मी
२०८० जेठ ३ गते १६:१५

हिन्दू परम्परामा विवाह गर्नुअघि केटा र केटीको कुण्डली हेर्ने चलन छ । ३६ मा ३६ नै गुण मिले वैवाहिक जीवन सुखद् हुन्छ भन्ने विश्वास गरिन्छ । अझ नाडी दोष भए विवाह नै गर्न नहुने भनिन्छ ।

ज्योतिषशास्त्रका अनुसार कुण्डलीमा नाडी दोष अशुभ मानिन्छ । जोडीको कुण्डली मिलाउँदा नाडी दोष देखिए विवाह गर्न नहुने वा विवाह भएमा वैवाहिक जीवनमा समस्या देखिने ज्योतिष शास्त्रमा भनिएको छ । यसलाई ठूलो खड्कोको रुपमा लिइन्छ ।

के हो नाडी दोष ?

वर र वधुको एकै नाडी भएको अवस्थालाई नाडीदोष भनिन्छ । प्रत्येक व्यक्तिको जन्म कुण्डलीमा चन्द्रमा कुन नक्षत्रमा भ्रमण गर्दैछ । त्यसको आधारमा व्यक्तिको नाडी पहिचान गर्न सकिन्छ । २७ वटा नक्षेत्रमा अश्विनी नक्षेत्रमा चन्द्रमा जाँदा कुन नाडी भयो भनेर पहिचान  गर्न सकिन्छ ।

ज्योतिषशास्त्रका अनुसार २७ नक्षत्रका प्रत्येक चारवटा भाग हुन्छन्, जसलाई ज्योतिषमा कटनस भनिन्छ । पुरुष र महिलाको कुण्डलीमा चन्द्रमा अश्विनी नक्षत्रमा हुँदा नाडीदोष बन्ने गर्छ, तर चन्द्रमा दुवै नक्षत्रको नजिक भएमा नाडीदोष अमान्य हुन्छ ।

कसरी हेरिन्छ ?

नाडीदोष हेर्न सबैभन्दा पहिला केटा र केटीको गुण मिल्छ वा मिल्दैन भनेर दुवै कुण्डली हेरिन्छ । कम्तीमा पनि ३६ गुणमध्ये आठ गुण मिल्नुपर्छ भनिन्छ । विवाह बन्धनमा बाँधिदै गरेका र बधुको के कति गुण मिल्छ र दाम्पत्य जीवन कस्तो रहन्छ भनेर गर्ने कुण्डलीमा हेरेर पत्ता लगाउने एउटा दोष हो ।  विवाह गर्दा आठवटा गुण हेरिन्छ, तारा, योनी, वर्ण, गण, वैश्य र ग्रहमैत्री वा शत्रु भाव छ कि छैन लगायत कुरा हेरिन्छ । यी पक्ष हेरिसकेपछि मात्रै विवाह गर्दा कति सुखद हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ ।

ज्योतिषशास्त्रले नाडीदोष परेका दम्पतीले शारीरिक समस्या भोग्नुपर्ने बताउँछ ।

कति प्रकारको हुन्छ नाडी ?

नाडी तीन प्रकारको हुन्छ, आदि नाडी, मध्य नाडी र अन्त्य नाडी । प्रत्येक व्यक्तिको जन्मकुण्डलीको कुनै नक्षत्रमा चन्द्रमाको उपस्थितिले त्यस व्यक्तिको नाडीलाई संकेत गर्छ ।

आदि नाडी -अश्विनी, आर्द्रा पुनर्वसु, उत्तराफाल्गुनी, हस्ता, ज्येष्ठा, मूल, शतभिषा र पूर्वाभाद्रपद नक्षत्रमा जन्म लिने जातकको आदि नाडी हुन्छ ।

मध्य नाडी -भरणी, मृगशिरा, पुष्य, पुर्वाफाल्गुनी, चित्रा, अनुराधा, पूर्वाषाढा, धनिष्ठा र उत्तराभाद्रपद नक्षत्रमा जन्म लिने जातकको मध्य नाडी हुन्छ ।

अन्त्य नाडी -कृतिका, रोहिणी, अश्लेशा, मघा, स्वाति, विशाखा, उत्तराषाढा, श्रवण र रेवती नक्षत्रमा जन्म लिने जातकको अन्त्य नाडी हुन्छ ।

दुवैको मध्य नाडी, वा दुवैको आद्य नाडी वा दुवैको अन्त्य नाडी छ भने त्यस्तो अवस्थामा नाडी दोष लाग्छ । आदि नाडी भएमा वरलाई हानि हुन सक्छ । उसको काम, कार्यमा बाधा आउने, आर्थिक पाटोमा हानि, सम्बन्धमा हानि हुन सक्छ । त्यस्तै दुवैको नाडी मध्य छ भने बधुलाई हानि हुन सक्छ । अन्त्य नाडी भएमा वर र वधु दुवैलाई हानि गर्छ ।

नाडी दोष हेर्नु अनिवार्य छ ?

विवाह गर्नुअघि नै कुण्डली हेर्दा वा नक्षत्रले त्यसपछिको सम्बन्ध कस्तो रहन्छ भनेर देखाउँछ । यदि समस्या हुने देखिएमा त्यसको समाधानतर्फ पनि जान सकिन्छ । त्यसैले विवाह गर्नुपुर्व वर र वधुको कुण्डलीमा नाडी दोष छ कि छैन हेर्न आवश्यक मानिन्छ ।

नाडी दोष देखिएमा के गर्ने ?

नारद पुराणमा भनिएअनुसार वर र वधुको अन्य सबै कुरा मिले पनि नाडी दोष भएमा विवाह वर्जित मानिन्छ । वैवाहिक जीवनमा नकारात्मकता बढी पैदा हुने र सम्बन्ध टुट्न पनि सक्छ । जसकारण नाडी दोष भएमा विवाह नगर्न सुझाव दिइन्छ । यद्यपि प्रेम सम्बन्धपछिको विवाह हुन लागेको खण्ड वा विवाह गर्ने परेको अवस्थामा केही समाधान ज्योतिषमा उल्लेखित छन् । ज्योतिषशास्त्र अनुसार सुनको सर्प बनाएर पूजा गर्न सकिन्छ ।

यस्ता दम्पतीले भक्तिपूर्वक प्रत्येक वर्ष रुद्राभिषेकसहित १०८ आवृत्ति महाकाल शनिमृत्युञ्जय स्तोत्र पाठ गर्नुपर्छ । दुवैले आदि नाडी हुँदा पुरुषले, मध्य नाडी हुँदा स्त्रीले र अन्त्य नाडी हुँदा दुवैले महामृत्युञ्जय मन्त्र श्रवण गरी प्रत्येक दिन १०८ पटक जप गरे राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?