+
+
Shares

मन्त्रीलाई भेटेर दोहोरीगीत प्रतिष्ठानले माग्यो बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १४:१८
संस्कृतिमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाउँदै लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी आर्थिक वर्षमा आफ्ना लागि पनि बजेट छुट्याउन माग गरेको छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलाई प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वको टोलीले भेटेर यस्तो आग्रह गरेको हो ।

लोकदोहोरी क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा रकम विनियोजन गर्न भन्दै प्रतिष्ठानले ज्ञापनपत्र समेत बुझाएको छ ।

२०८० सालको खर्च विवरण समेत पेश गर्दै प्रतिष्ठानले राष्ट्रिय लोक सांस्कृतिक संग्रहालय निर्माणका लागि ५५ करोड, अग्रज स्रष्टा सांगीतिक एकल साँझका लागि ५० लाख, दोहोरी रनिङ शिल्ड प्रतियोगिताको लागि ७५ लाख, लोक सांस्कृतिक महोत्सवका लागि एक करोड र तीज उत्सवका लागि ३५ लाख रुपैयाँ विनियोजन गर्न आग्रह गरेको छ ।

साथै, संस्कृति मन्त्रालयले तयार पार्न लागेको नियमावलीमा दोहोरीगीत क्षेत्रलाई पनि समेट्न मन्त्री किरातीलाई आग्रह गरिएको अध्यक्ष थापामगरले बताइन् । कानुनमन्त्री गुरुङलाई भने भेटेर बधाई दिएको थापाले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?