+
+

पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत चयन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १७:२७

३ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् । यसअघि महासंघको एनआरएन तथा द्वि-राष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्वि-राष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थासँग उनले सहकार्य गर्न भूमिका खेलेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए । साथै महासंघको छवि र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने समेत ढकालको विश्वास छ ।

नेपालमा स्टार स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रवर्द्धनका लागि होटलका विभिन्नि विश्व प्रशिद्ध ब्राण्ड भित्र्याएका छन् । बस्नेतले काठमाडौं र इटहरीमा एकै पटक सञ्चालनमा ल्याउने गरी २ ओटा पाँच तारे होटलको निर्माणकार्य अन्तिम चरणमा पुर्‍याएको बताइएको छ ।

उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।

पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन् । साथै उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एबी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?