+
+

प्रतिकूल मौसमका कारण जहाजहरु आकाशमै ‘होल्ड’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १८:२८

३ जेठ, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु ‘होल्ड’मा परेका छन् ।

दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ गरिरहेका छन् ।

मौसम खराबीका कारण आन्तरिक उडान समेत प्रभावित भएको छ । जसले गर्दा आन्तरिक विमानस्थलहरुमा रहेका जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?