+
+

प्रधानमन्त्रीको आश्वासन : रेशम चौधरीको विषयमा छिट्टै टुंगोमा पुग्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १४:०८

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताएका हुन् ।

रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाबारे प्रश्‍न गर्दै नाउपाका सांसद गंगाराम थारू। तस्वीर : चन्द्रबहादुर आले

‘म के विश्वास दिलाउन चाहन्छु भने रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो । अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘र अहिले टुंगिएको छ । अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । मलाइ विश्वास छ लाग्छ, यो विषयमा हामी छिट्टै टुंगोमा हामी पुग्छौं ।’

२ जेठमा सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलकै फैसलालाई सदर गरेको थियो । प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेका राजनीतिक दल तथा समूहका कार्यकर्ता रिहा गराउन प्रतिनिधिसभामा विधेयक दर्ता भइसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?