+
+

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ३० चैत यताकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १५:४४

४ जेठ, काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको वृद्धि भएको छ । लगातार घटेर सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा १ वर्ष अगाडिको विन्दु नजिक झरेर सोही दिने केही माथि उकालो लागेको नेप्से मंगलबार भने सामान्य बढेर बन्द भयो ।

२३ जेठ २०७९ को ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसमम झरेको नेप्से १ जेठ २०८० को इन्ट्रा–डे’ कारोबारमा १८०७.५३ अंकसम्म झरेको थियो । त्यसपछि सुधारोन्मुख देखिएको नेप्से मंगलबार, बुधबार र बिहीबार लगातार तीन दिन बढेर बन्द भएको छ । बुधबार २३.४० अंकले बढेर १८४५.०१ को बिन्दुमा बन्द भएकोमा बिहीबार पनि उतारचढावबीच नेप्से ३२.३० अंकले वृद्धि भएर १८७७.३२ अंकमा बन्द भएको छ ।

बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।

बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । लामो समयपछि अर्बमाथि लागेको छ । ३० चैतमा १ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि कारोबार रकम करोडमा मात्रै सीमित भएको थियो । तर, बिहीबार भने बढेर करिब डेढ अर्ब नजिक पुगेको छ ।

बुधबार ८२ करोडको कारोबार भएको बजारमा बिहीबार भने ३२ हजार ५७९ वटा कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब ४७ करोड ४८ लाखको कारोबरा भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ८ करोड ६३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड ११ लाख र एनआईसी एशिया बैंकको ६ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ११ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य गिरावट भएको छ । जसमध्ये हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको ८.१४ प्रतिशत र गणपति लघुवित्तको सेयरमूल्य ७.८३ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्ड ३.१४ प्रतिशतले गिरावट हुँदा १० प्रतिशत ब्याजदरको ‘हिमालयन बैंक ऋणपत्र २०८३’ १.९९ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा सामुदायिक लघुवित्तको सेयरमूल्य १.९६ प्रतिशत र किसान लघुवित्तको सेयरमूल्य १.९१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?