+
+

करिब ८ हजार प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १८:४१

४ जेठ, काठमाडौं। प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको ७ हजार ८८२ पदको लागि एक लाख बढीले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगले गत आयोगले चैत ९ गते विज्ञापन गरेको खुला प्रतिस्पर्धात्मक परीक्षाको लागि १ लाख १२ हजारको आवेदन परेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोगले सामान्य तर्फको परीक्षा जेठ २० गते लिने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले मावि र निमावि तहको भने सामान्य तर्फको परीक्षा लिएर नतिजा सार्वजनिक गरिसकेको छ । आयोगको नतिजा अनुसार मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत र निमावि तहको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मावि तहको ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी निमावि तहको १,१६७ शिक्षकका लागि गत वैशाख ९ गते लिएको सामान्य तर्फको परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले उत्तीर्ण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?