+
+

विराटनगरको ट्राफिक चोकमा युवकमाथि छुरा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १९:२७

४ जेठ, विराटनगर ।  विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो  एक युवकमाथि छुरा प्रहार भएको छ ।

विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर  बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो ।  छुरा प्रहार गरेको आरोपमा प्रहरीले  विराटनगर-१२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको छ ।

कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका थिए । उनका अनुसार कामत र रायबीच बैंक भित्र विवाद भएको थियो ।

विवाद गरेपछि बैंकका सुरक्षा गार्डले कामतलाई  बैंकबाट  बाहिर निकालेका थिए । राय बैंकको  काम सकेर फर्किने क्रममा छुरा प्रहार भएको डीएसपी दाहालले बताए ।

छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ। उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?