+
+

लियोनार्दो डिक्याप्रियो अभिनित ‘किलर्स अफ द फ्लावर मुन’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १२:०६

काठमाडौं । मार्टिन स्कोरसेज निर्देशित फिल्म ‘किलर्स अफ द फ्लावर मुन’को प्रतीक्षित टिजर ट्रेलर सार्वजनिक भएको छ । यो टिजरले ३० वर्षपछि लियोनार्दो डिक्याप्रियो र रोबर्ट डी नीरोलाई फिल्ममा पुनर्मिलन गराएको छ । सन् १९२० को अमेरिकाको सेटिङमा भनिएको रहस्यमय श्रृंखलाबद्ध हत्याको घटनाबारेको कथावस्तुमा यी चर्चित हलिउड अभिनेता एकसाथ देखिएका छन् ।

जसमा जेसी प्लेमोन्स र लिली ग्लाडस्टोन पनि छन् । यो फिल्म फ्रान्समा जारी ७६ औं कान्स फिल्म फेस्टिभल अन्तर्गत शनिबार प्रिमियर हुने तयारीमा छ । आगामी अक्टोबरमा हलमा रिलिज गरेर वर्षको अन्त्यतिर एप्पल टिभी प्लसमा रिलिज हुने जनाइएको छ । कान्समा प्रिमियर हुनुअघि अभिनेता डिक्याप्रियोले यसलाई ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

सत्य कथामा आधारित फिल्मको टिजरले सन् १९२० को ओक्लाहोमा ओसेज राष्ट्र सदस्यहरूको हत्याको श्रृंखलामा केन्द्रित छ, जब तिनीहरूको जमिनमा तेल पत्ता लाग्यो । त्यसपछि नवगठित फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले यस विषयमा अनुसन्धान गरिरहेको छ । ट्रेलरमा लियोनार्दो, लिली र रोबर्टका लागि शीर्ष प्लट बुनिएका छन् भने नयाँ ओस्कार विजेता ब्रेन्डन फ्रेजरलाई पनि टिजरमा देख्न सकिन्छ ।

उनको ट्वीटर पोस्टमा फ्यानले टिजरलाई प्रतिक्रिया दिएका छन् । एक फ्यानले सेयर गरे, ‘म वर्षौंअघि उत्कृष्ट पुस्तक पढेदेखि नै यसको लागि पर्खिरहेको छु ।’ अर्का एक लेख्छन्, ‘मैले लामो समय देखेको उत्कृष्ट ट्रेलरमध्ये एक ।’ फिल्ममा रोबर्ट डी निरो र लियोनार्दोले काका र भतिजाको भूमिका निर्वाह गरेका छन् ।

उनीहरूले यसअघि सन् १९९३ मा आएको फिल्म ‘दिस ब्वाइज लाइफ’मा सँगै काम गरेका थिए । लियोनार्दोको पात्र लिलीले आदिवासी महिलासँग विवाह गर्छ र उनले बाँकी समुदायबाट धेरै भेदभावको सामना गर्छिन् । जेसी कास्टको अनुसन्धान गर्ने एफबीआई एजेन्ट हुन् । टिजरको एक लाइन, ‘के तपाईं यो तस्वीरमा ब्वाँसा फेला पार्न सक्नुहुन्छ ?’ ट्रेलरको केही पक्षमा प्रस्तुत गरिएको छ ।

तीन घण्टा २६ मिनेट लामो यो फिल्म मार्टिनको लामो फिल्ममध्ये एक हो । यो फिल्म डेभिड ग्रानको सन् २०१७ को सबैभन्दा धेरै बिक्री हुने गैरफिक्सन पुस्तक ‘किलर्स अफ द फ्लावर मुन : द ओसेज मर्डर्स एन्ड द बर्थ अफ द एफबीआई’बाट रूपान्तरण गरिएको हो र अर्को वर्षको लागि बलियो ओस्कार दाबेदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?