+
+

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसलाई फिल्टर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १४:००

काठमाडौं । सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युरिफायर सहयोग गरेको छ ।

४ जेठमा आयोजित एक कार्यक्रममा बंैकका नायब महाप्रबन्धक रविनकुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

बैंकले सहयोग गरेको वाटर प्युरिफायरबाट विद्यार्थीहरुले शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठनमा मद्धत पुग्ने क्याम्पसका अध्यक्ष सापकोटाले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?