+
+

पूर्वमुख्यमन्त्री रावलको टिप्पणी : सुदूरपश्चिम सरकारको १०० दिन घुमघाममै बित्यो 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १५:२३

५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरे ।

‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड्नुभएछ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे, त्यो काम गरे भन्दैमा कसले पत्याउँछ ?’ रावलले भने, ‘यो सरकारका मुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन् ।’

रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै विजनेश नै दिन नसकेको बताए ।

मन्त्रिपरिषद्लाई पूूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउदै उनले सरकारका एक सय दिन उत्साहविहीन र निराशावादी रहेको उल्लेख गरे । आफूहरुकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनौटको प्रक्रियाको थालनी गर्नु राम्रो पक्ष भएको उनको भनाइ छ ।

‘सरकारले पूर्णता पाउन सकेको छैन, उत्साहविहीन र निराशा बाहेक केही छैन । जनताले विकासको प्रत्याभूति गर्न पाएका छैनन्,’ रावलले भने, ‘प्रदेशसभालाई विजनेश दिन सकेको अवस्था छैन, ऐन कानून निर्माणमा ध्यान छैन । मुख्यमन्त्री र मन्त्रीहरु राज्यको पैँसामा घुमफिरमा मात्र व्यस्त देखिन्छन् । यो सरकार असफल देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?