+
+

सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने

उद्यम गर्न सकारले सुरुवाती बिउ पूँजी दिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:२२

५ जेठ, काठमाडौं । सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने भएको छ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने गरी औद्योगिक विकास गर्न भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

देशमै उद्यम गर्न चाहनेलाई बिउ पूँजी उपलब्ध गराउने, स्वदेशी उत्पादन २० प्रतिशत भन्दा महँगो भए पनि प्रयोग गर्ने, रोजगारी र उद्यमशीलतालाई व्यवसामा जोड्ने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा भनिएको छ । औद्योगिक नीति र कम्पनी दर्ताका कार्यलाई सहजीकरण गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?