+
+

ठूला शहरमा मेट्रो अध्ययन, नदीमा जलमार्ग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:४१

५ जेठ,काठमाडौं । सरकारले ठूला शहरहरूमा मेट्रो र मोनो रेलको अध्ययन गर्ने पुनः घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेट्रो र मोनो रेलको अध्ययन गर्ने घोषणा गरेका हुन् ।

अघिल्ला आर्थिक वर्षमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि सोही प्रकृतिका योजना अगाडि सारिएको थियो ।

 पौडेलले प्रदेश तथा स्थानीय तहको समन्वयमा मेट्रो, मोनो र ट्राम निर्माण तथा सञ्जालको अध्ययन गर्ने उल्लेख गरे ।

यस्तै, सरकारले कोशी, गण्डकी, कर्णाली, भेरी लगायत प्रमुख नदीमा जलमार्ग विकासको लागि आवश्यक योजना निर्माण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?