+
+

सुदूरपश्चिममा एमालेले गर्‍यो प्रदेशसभा घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १९:०६

६ जेठ, धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।

एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो ।

एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि लामो समयपछि प्रदेशसभा बैठक बसेकाले आफ्ना धारणा शून्य समयमा राख्न पाउनुपर्ने माग गरे । तर सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका छन् ।

२१ फागुनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?