+
+

बुढानीलकण्ठ कार दुर्घटनामा पृथ्वी मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १७:४८

७ जेठ, काठमाडौं । बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ । आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले उनलाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो । यो मुद्दामा सरकारी वकिल कार्यालयले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

२७ मंसिर २०७६ मा भएको दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले मल्ललाई मानसिक समस्या देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?