+
+

आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते २०:१०

काठमाडौं । वैदेशिक रोजगार (स्वरोजगार) मा रहेका नेपाली नागरिकहरुले सामाजिक सुरक्षा कोषमा रकम संकलन गर्ने विषयमा आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै विदेशस्थित आईएमई काउण्टर तथा साझेदारहरु मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्ने छन् ।

विदेशमा रहेका नेपालीहरुलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी सम्झौता भएको र सम्झौता अनुसार यस्तो व्यवस्था छिटै मिलाइने आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक ज्ञवालीले आईएमईसँगको सम्झौताले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले सहज रुपमा कोषमा सहभागिता जनाउन सकिने विश्वास व्यक्त गरे ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्र्तगत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम दुइ हजार दुई रुपैयाँ मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?