+
+

संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथि छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते ७:१५

८ जेठ, काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभामा आयतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?