 
																			८ जेठ, काठमाडौं। नेपालमा रहँदा पत्रकारितामा संलग्न र अमेरिकामा बसेर पनि पत्रकारितामा आवद्ध नेपालीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन्।
अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा आइतबार भएको अधिवेशनबाट भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन।
नेजाको ८ औँ महाधिवेशन तथा १६ औँ साधारण सभामा भण्डारी ५४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाएका थिए।
यस्तै नेजाको उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बास्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा ईश्वरी न्यौपाने, हेमराज बराल, केशव रेग्मी र झरना अधिकारी, निर्वाचित भएका छन्।
नेजा र नेपाल पत्रकार महासंघ बीच व्यवसायिक सहकार्य गर्ने सम्बन्धमा एक आपसमा सहयोग आदानप्रदान गर्ने सहमति छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4