+
+

आचरण विपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:१४

८ जेठ, काठमाडौं । आचरण विपरित कार्य काम गरेको भन्दै  सशस्त्र प्रहरीले एक जना सशस्त्र प्रहरी निरीक्षकलाई कारबाही गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत उनलाई सशस्त्र प्रहरी नियमावली २०७२को परिच्छेद १३ को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसूरमा सोही नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारवाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी ३ वर्ष बढुवा रोक्काको कारबाही गरिएको सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?