
८ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजिन लिग फुटबल अन्तर्गत आजको खेलमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।
खेलमा शुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजका लागि अञ्जन बिष्टले १३औं मिनेटमा गोलको खाता खोलेका थिए ।
तर त्यो अग्रता हिमालय शेर्पाले ३६ औं मिनेटमा तोडिदियो । अबायोमी फाकुन्लेले ३६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।
यो बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4