+
+

अनावश्यक रौंले चाहेको पहिरन लगाउन पाउनुभएन ? वाक्सिङ गर्न सकिन्छ

जुली गिरी, सौन्दर्यकर्मी जुली गिरी, सौन्दर्यकर्मी
२०८० जेठ ९ गते १४:१९

शरीरमा आउने अनावश्यक रौंदेखि दिक्क मान्छन् अहिलेका युवायुवती । त्यसै त अहिले गर्मीको मौसम छ । विशेषगरी युवतीहरु छोटो र सहज पहिरन लगाएर सजिन रुचाउँछन् यो बेला । हाफ पाइन्ट, स्कर्ट, हट पाइन्ट, स्लिभलेस सर्ट-टिसर्ट, वानपिस उनीहरुको रोजाइमा हुन्छ, तर बाधक बनिदिन्छ हात, खुट्टा, काखीको रौं ।

यद्यपि अहिले यसको समाधानका लागि विभिन्न विकल्प उपलब्ध छन् । पहिले पहिले रेजरले सेभिङ गर्ने मात्रै विकल्प हुन्थ्यो भने अहिले वाक्स, हेयर रिमुभर क्रिम, स्प्रे, इलेक्ट्रिक सामग्रीका माध्यमबाट सजिलै रौं हटाउन सकिन्छ ।

वाक्सिङ सबैले रुचाएको विधि

शरीरका अनावश्यक रौं निकाल्ने एउटा विधि हो वाक्सिङ । यो चिनी कागती र सेरमको मिश्रणले बनेको हुन्छ । हट र कुल वाक्स गरी यो दुई प्रकारको हुन्छ । हट वाक्स गर्नुअघि तताउनुपर्छ भने कुल गर्दा पर्दैन । यो तयारी अवस्थामा नै हुन्छ । त्यसैले धेरैजसो कुल वाक्स नै गर्ने चलन छ ।

सेभिङ विधि सहज देखिए पनि यो केही दिनको लागि मात्रै हुन्छ । तर वाक्सको माध्यमबाट रौं हटाउँदा यो लामो समयसम्म प्रभावकारी हुन्छ । यसले अनावश्यक रौंलाई कम्तीमा पनि चार हप्तासम्म आउन दिंदैन ।

वाक्सिङ गर्दा पहिले क्रिम लगाइन्छ र त्यसमाथि टेप टाँसेर तान्ने गरिन्छ । त्यसैले यसका लागि केही दुखाइ भने सहनुपर्छ । यो घरमा पनि गर्न सकिन्छ तर अनुभवी ब्युटिसियनबाट गराउनु राम्रो हुन्छ ।

वाक्सिङको साइट इफेक्ट के छ ?

हेयर वाक्सिङ गर्दा कुनै साइड इफेक्ट हुँदैन । यो जुनसुकै प्रकृतिको छाला अनुकूल बनाइएको हुन्छ । अहिलेसम्म यसको खासै नकारात्मक असर भएको देखिएको छैन । तर छालामा घाउ भएका र छालाको एलर्जी भएकाले भने वाक्सिङ नगराउनु राम्रो हुन्छ ।

कति समय लाग्छ, मूल्य कति ?

वाक्सिङ गराएको सामान्यतया ८०० देखि दुई हजार रुपैयाँसम्म लिने गरिन्छ । तर पार्लर र ठाउँअनुसार मूल्यमा केही तलमाथि हुन सक्छ ।

वाक्स गराउँदा काखीको दुई मिनेट, हातको १५ मिनेट, खुट्टाको २० देखि २५ मिनेट जति लाग्छ । लयति नै समयमा हुनुपर्छ भन्ने चाहिं हुँदैन । शरीरको जुन अंगमा वाक्स गराउने हो त्यहाँ कति बाक्लो रौं छ भन्ने कुरामा भर पर्छ ।

(गिरी भक्तपुर दुवाकोटस्थित अंशुला ब्युटीपार्लर एण्ड कस्मेटिक सेन्टरकी सञ्चालिका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?