+
+

महोत्तरीबाट एक क्विन्टल गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १०:२६

१० जेठ, जनकपुरधाम । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ ।

मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार दुवैजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?