+
+

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:०६

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले मंगलबारसम्म भारतीय बक्स अफिसमा २०० करोड भारुको आँकडा पार गर्दै सर्वकालीन ब्लकबस्टर बनेको छ ।

सुदीप्तो सेनद्वारा निर्देशित यो फिल्म ५ मेमा रिलिज भएसँगै चर्चामा छ । फिल्मले दक्षिण भारतीय राज्य केरलामा जबर्जस्ती धर्मान्तरण गर्ने कथावस्तु पेश गर्छ । फिल्मको कथावस्तुलाई निर्माताले यथार्थ दाबी गरिरहँदा प्रतिपक्षी दल र मुस्लिम सम्बद्ध संघसंस्थाले चाहिं काल्पनिक भएको भन्दै आलोचना गरिरहेका छन् ।

भारतीय फिल्मका व्यापार विश्लेषक तरण आदर्शले ‘द केरला स्टोरी’ले २०० करोड भारुको आँकडा पार गरेको जनाएका छन् । फिल्ममा अदा शर्माले शीर्ष भूमिका निर्वाह गरेकी छन् । थुप्रै बलिउड र दक्षिण भारतीय फिल्ममा काम गरेकी अदालाई यो फिल्मले रातारात चर्चामा ल्याएको छ ।

यो फिल्मलाई कतिपय भारतीय राज्यले करछुटको अवसर दिंदा कतिपय राज्यले साम्प्रदायिक सद्भाव भड्किन सक्ने भन्दै प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । नेपाली बक्स अफिसमा फिल्मले औसतभन्दा कम व्यापार गरेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?