+
+
Shares

गणतन्त्रको विरोध गर्ने भीभीआईपीको सुविधा खोस्नुपर्छ : एमाले नेता महासेठ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १४:४३

१० जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले विदेशमा गएर कतिपय उच्च पदस्थ व्यक्तिले नै गणतन्त्रको विरोध गरेको आफूले सुनेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने गणतन्त्रको विरोधमा विदेशीसँग छलफल गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

‘…केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर, विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु– त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’

तर कुन देशमा गएर को भीभीआईपीले गणतन्त्रको विरोध गरेका हुन् भन्ने उनले खुलाएनन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?