+
+
Shares

प्रधानमन्त्रीका अभिव्यक्तिमाथि प्रतिनिधिसभामा विपक्षीको प्रश्न (लाइभ)

प्रतिनिधिसभाको बैठक ढिला गरी सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १८ जेठको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपाल र भारतको सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनुभएको छ ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् ।

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक ढिला गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।

कार्यसूचीमा बैठक प्रवेश गर्नु अगाडि आकस्म्कि समय, शून्य समय र विशेष लसमय चलाउने अभ्यास छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू छलफलमा छन् । यसकारण प्रतिनिधिसभाको बैठक बस्नमा समेत ढिलाइ भएको हो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

यसको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र सीमाबारेको प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?