+
+

भारतसँग हार्‍यो  नेपाल, फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १७:०९

१० जेठ, काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।

बुधबारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।

सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।

चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो । तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?