+
+

किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १९:१६

१० जेठ, काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्।

बुधवार माईतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउनु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्।

उनले भने, ‘ हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ । यो संसारको नियम हो।’

उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताए। उनले कृषि अर्थतन्त्र धराशायी बनेको बताए।

उनले भने, ‘उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ।’

उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने बताए ।

उनले भने, ‘उद्योग मालिकले लिएका छैनौँ भनेको छ । कहाँ गयो कित अर्कोले भ्रष्टाचार गरेर खायो, त्यसैले यहाँ गम्भीर रुपमा लिनुपर्छ । लोकतन्त्रमा सडक गतिशिल भएन भने सत्तामा जो गएपनि सत्ताले अन्धो बनाउँछ मानिसलाई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?