+
+

विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिन बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १९:२५

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बन्ने बाटो खुलेको छ ।

मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो ।

रास्वपाको सिफारिस अनुसार निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ । उनी निर्वाचित भएको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा समेत पुगिसकेको छ ।

तर आफूलाई गरेको कारबाही कानुनसम्मत नरहेको भन्दै ढाका कुमार श्रेष्ठले सर्वोच्चमा रिट दिएका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

बुधबार सोही रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले ढाका कुमारको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै कंसाकार सांसद हुने बाटो खुलेको छ । कानुन व्यवसायीहरुका अनुसार अब कंसाकारले शपथ लिन सक्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?