+
+

रुकुम पश्चिममा भएको जिप दुर्घटनामा आमाछोरासहित ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १९:०६

११ जेठ, काठमाडौं । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित ५ जनाको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बिउनटाकुराले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का ७७ वर्षका कर्ण बाठामगर, ४८ वर्षका देउचन खत्री र २३ वर्षकी शितला कुसारी, बाँफीकोट गाउँपालिका–८ कि २२ वर्षकी रेखा खनाल केसी र उनको २२ दिनका छोरा रोशन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

१५ जना सवार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का २ वर्षका प्रशिद्ध कुसारी, सोही ठाउँका २० वर्षकी अनिता केसी, २२ वर्षका ललित बाठा मगर, ४० वर्षका प्रेम बाठा मगर रहेका छन् ।

त्यस्तै ७ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । जसमध्ये एक जना डिस्चार्ज भइसकेका प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?