+
+
संसदमा जलहरी विवाद :

माफी माग्नुपर्ने एमाले माग, माओवादी भन्छ- छानबिन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १५:३०

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन ।

मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।

त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए ।

साथै आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरे ।

सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न सहयोग खोजे । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।

२० मिनेटका लागि स्थगित भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।

संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए । उनीहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।

तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरे । एमालेले पनि के हो प्रष्ट हुनुपर्ने बताएको र अरुले पनि प्रश्न उठाएकाले संसदीय समिति बनाएर छानबिन गर्न उपयुक्त हुने उनको तर्क थियो । तर सहमति जुटेन ।

स्थगित भएको २ घण्टासम्म पनि सहमति नजुटेका कारण संसद सुरु हुन सकेन र संसद सचिवालयले सूचना निकालेर बैठकको समय सारेको छ । दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि अझै सुरु भएको छैन ।

अहिले फेरि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?