+
+

काभा वुमन्स च्यालेन्ज कप : भारत फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १६:२४

१२ जेठ, काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई भारतमाथि दवाव राख्न सकेन ।

पहिलो सेट २५–१७ ले जित्दा भारतले कुनै पनि समय अप्ठेरो महशुस गर्नुपरेन । १–१ को बराबरीपछि लगातार अग्रता बनाएको भारतले अन्तिमसम्म त्यसलाई कायम राखेको थियो ।

दोस्रो सेटमा भने भारतीय टोली केहि आत्मविश्वासी बन्नुको फाइदा उज्वेकिस्तानले सुरुमै उठायो । भारतीय खेलाडीको कमजोर डिफेन्सको फाइदा उठाउँदै उज्वेकिस्तानले सुरुमै १०–६ को अग्रता बनाउन सफल रह्यो ।

तर, अनुभवले खारिएको भारतीय टिमले शानदार पुनरागमन गरी सेट १५–१५ को अवस्थामा ल्याउन सक्यो । त्यसपछि अग्रता बनाएको भारतले सेट २५–२० ले जितेको हो ।

अघिल्ला दुई सेटको तुलनामा भारतलाई निर्णायक तेस्रो सेट जित्न झनै सहज भयो । सेटमा सम्पूर्ण समय उज्वेकिस्तानलाई दवावमा राखेको उसले २५–१५ ले जितेर फाइनलमा स्थान बनायो ।

भारतले उपाधिका लागि नेपाल र काजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र काजाकस्तानबीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ए को उपविजेता र भारत विजेताका रुपमा सेमिफाइनल पुगेका थिए । नेपालले समूहको सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशलाई पराजित गरे पनि भारतसँग हारेको थियो ।

काजाकस्तानलाई हराउन सके नेपालले भारतसँग यो प्रतियोगितामा दोस्रोपल्ट खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?