माइक्रो ब्लगिङ साइट ट्वीटर विश्वका चर्चित सेलिब्रेटी तथा विशिष्ट व्यक्तिहरुका बीच निकै लोकप्रिय प्लाटफर्मको रुपमा रहेको छ । कतिपय व्यक्तिलाई ट्वीटरमा करोडौँ मानिसले फलो गर्छन् ।
ट्वीटरमा सर्वाधिक फलो गरिएका व्यक्तिको सूचिमा पहिलो नम्बरमा ट्वीटरकै मालिक एलन मस्क पर्दछन् । एलन मस्कका ट्वीटर फलोअर्सको संख्या १४ करोडभन्दा धेरै छ ।
दोश्रो नम्बरमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा छन् । उनलाई १३ करोड २५ लाख मानिसले फलो गरेका भने तेश्रो स्थानमा रहेका गायक जस्टिम बिबरलाई ११ करोड २७ लाखले फलो गरेका छन् ।
त्यस्तै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका ट्वीटर फलोअर्सको संख्या १० करोड ८५ लाख हुँदा पाँचौ स्थानकी गायिका रिहान्नाका फलोअर्स १० करोड ८३ लाख छन् ।
त्यस्तै छैटौँ स्थानमा हलिउड गायिका केटी पेरी १० करोड ७९ लाख फलोअर्स सहित छिन् भने सातौँ स्थानमा टेलर स्विफ्ट छिन् जसका फलोअर्सको संख्या ९ करोड २७ लाख छन् ।
नबौँ स्थानमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या ८ करोड ८७ लाख छ भने नबौँ स्थानमा रहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका फलोअर्सको संख्या ८ करोड ६९ लाख छ । त्यस्तै टपटेनमा पर्न सफल गायिका लेडी गागाका ट्वीटर फलोअर्स ८ करोड ४५ लाख रहेका छन् ।
यी हुन् सबैभन्दा धेरै ट्वीटर प्रयोगकर्ता रहेका २० देश
- अमेरिका : ७ करोड ६९ लाख
- जापान : ५ करोड ८९ लाख
- भारत : २ करोड ३६ लाख
- ब्राजिल : १ करोड ९० लाख
- इण्डोनेसिया : १ करोड ८४ लाख
- बेलायत : १ करोड ८४ लाख
- टर्की : १ करोड ६१ लाख
- साउदी अरब : १ करोड ४१ लाख
- मेक्सिको : १ करोड ३९ लाख
- थाइल्याण्ड : १ करोड १४ लाख
- फिलिपिन्स : १ करोड ५ लाख
- फ्रान्स : १ करोड
- स्पेन : ८७ लाख
- क्यानडा : ७९ लाख
- जर्मनी : ७७ लाख ५० हजार
- दक्षिण कोरिया : ७२ लाख
- अर्जेन्टिना : ५९ लाख
- इजिप्ट : ५१ लाख ५० हजार
- मलेसिया : ४४ लाख
- कोलम्बिया : ४३ लाख
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4