+
+

एसियाली खेलकुदको तयारीबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते १८:४०

१३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल गरेका छन् ।

चीनको होङझाओमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसंग छलफल गरेका हुन् ।

सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो ।

सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धीमूलक बनाउन प्रतिवद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?