+
+

‘एनाटोमी अफ अ फल’लाई कान्समा शीर्ष पुरस्कार पाम डी ओर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १२:३२

काठमाडौं । पति हत्याको अभियोग लागेकी प्रसिद्ध उपन्यासकार सान्ड्रा हलबारेको फिल्म ‘एनाटोमी अफ अ फल’ले जारी कान्स फिल्म फेस्टिभलको शीर्ष पुरस्कार ‘पाम डी ओर’ जितेको छ । जस्टिन ट्रिएट निर्देशित यो फिल्मले उनीहरुको विवाह र निजी जीवनका सूक्ष्म पक्षलाई पनि दर्शकसामु पेश गर्छ ।

कान्सको पाम डी ओर जित्ने उनी तेस्रो महिला निर्देशक हुन् । यसअघि जेन क्याम्पियनले ‘द पियानो’ र हेल्मर जुलिया डुकोर्नाउले ‘टाइटेन’बाट यो पुरस्कार जितेका छन् । उनले प्रतिस्पर्धामा रहेका अन्य २१ फिल्मलाई उछिन्दै यो शीर्ष पुरस्कार जितेकी हुन् । रुबेन ओसलुण्ड जुरी प्रमुख रहेको कान्सले उक्त फिल्मलाई पाम दे ओर दिने निर्णय गरेको हो ।

बेलायती निर्देशक जोनाथन ग्लेजरको ‘जोन अफ इन्ट्रेस्ट’ले दोस्रो शीर्ष पुरस्कार ग्राण्ड प्रिक्स जित्यो । यो फिल्मले दोस्रो विश्वयुद्धको क्रममा एक जर्मनी सैनिक कमाण्डरको कथा पेश गर्छ । अंग्रेजी महिनाको १६ देखि २७ सम्म चलेको फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड भने भियतनामी फ्रेन्च निर्देशक ट्रान आन हुङले जिते । १९ औं शताब्दीको पृष्ठभूमिमा तयार भएको प्रेमकथामा जुलियट बिनोचेले अभिनय गरेकी छन् ।

Cambodian director Pham An Thien (R) poses during a photocall with French actress and President of the Camera d’or jury Anais Demoustier after he won the Camera d’Or for the film “L’Arbre aux Papillons d’Or” during the closing ceremony of the 76th edition of the Cannes Film Festival in Cannes, southern France, on May 27, 2023. (Photo by Patricia DE MELO MOREIRA / AFP)

११ दिनसम्म चलेको फेस्टिभलमा मार्टिन स्कोरसिज निर्देशित ‘द किलर्स अफ द फ्लावर मुन’ लगायत चर्चित फिल्मलाई प्रिमियर गरिएको थियो । यसपटक लियोनार्दो डिकाप्रियो, रोबर्ट डी नीरो, सिन पेन, क्वान्टिन टोरेन्टिनोसहित विश्व फिल्म, फेसन र संगीतका चर्चित सेलिब्रिटीले कान्समा भाग लिएका थिए ।

विजयी सूची

पाम डी ओर : एनाटोमी अफ अ फल (जस्टिन ट्रिएट)

ग्रान्ड प्रिक्स : जोन अफ इन्ट्रेस्ट (जोनाथन ग्लेजर)

निर्देशक : ट्रान एन हङ (द पोट औ फेउ)

अभिनेता : कोजी याकुशो (परफेक्ट डेज)

अभिनेत्री : मर्वे डिजदार (अबाउट माइ ग्रेसेज)

जुरी पुरस्कार : फलन लिभ्स (अकी कौरिस्माकी)

पटकथा : साकामोटो युजी (मोन्स्टर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?