+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सहकारीकर्मीलाई पर्ल्स अनुगमन प्रणाली तालिम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १२:५४

१४ जेठ, काठमाडौं । सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजनामा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम आजदेखि काठमाडौंमा सुरु भएको छ ।

कुलेश्वरमा आयोजित तालिममा सहकारीका व्यवस्थापक, कर्मचारी र लेखा परीक्षण गर्नेहरुसहित २५ जना सहभागी छन् । तालिम तीन दिनसम्म चल्ने छ ।

पर्ल्स प्रणालीले सहकारी कस्तो अवस्थामा चलेको छ भन्ने कुरा पत्ता लाग्छ । नाफा, घाटाको अवस्था र उठाउन बाँकी ऋण लगायतका विषयमा जानकारी मिल्छ र भविष्यमा सहकारी संस्थाको रणनीति बनाउन सक्ने भएकाले यसलाई सहकारीको मुटु मानिन्छ ।

‘पल्र्स प्रणालीले दीर्घकालीन रूपमा सहकारीले सुधार गर्नुपर्ने सूचकहरूको समयमै जानकारी दिने हुँदा भविष्यमा हुने भवितब्य सावधानी गर्दछ, त्यसैले हरेक सहकारीले यसबारे जानकारी लिनु जरुरी छ,’ सहकारी प्रशिक्षालय चितवनका प्रशिक्षक गोपाल प्रसाद भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?