+
+

कोशीकी स्वास्थ्यमन्त्रीले भनिन् : दुवै पक्षको निशानामा परें, मेरो सुरक्षाको जिम्मा कसले लिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:३२

१४ जेठ, विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र आन्दोलनकारी दुवैको निशानामा परेको गुनासो गरेकी छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार र प्रदेश नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको बताएकी हुन् । आइतबार पहिचान पक्षधर आन्दोलनकारीले स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।

प्रहरीले आन्दोलनकारीलाई प्रहार गरेको अश्रुग्याँसका कारण स्वास्थ्य मन्त्रालयमा समेत बस्न नमिल्ने भएको मन्त्री लिम्बुले बताइन् । ‘सरकारले गोली ठोक्ने मलाई, आन्दोलनरत पक्षले पनि ढुंगामुढा गर्ने मलाई’ उनले भनिन्, ‘ भोलि भैपरी आउने समस्याको जिम्मेवारी कसले लिने, मलाई जवाफ चाहिन्छ ।’

प्रहरीले स्वास्थ्य मन्त्रालय र आपूर्ति केन्द्रमा प्रहार गरेको अश्रुग्याँसले असर गरेको बताउँदै उनले सुरक्षाको माग गरेकी हुन् ।

प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता किन नगरेको भन्दै मन्त्री लिम्बुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रश्न गरिन् ।  मन्त्री लिम्बु जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?