+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नवाजुद्दीन भन्छन्- हामीजस्ता कलाकारले ठूला बजेटका फिल्ममा मुख्य भूमिका पाउँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:२०
फाइल तस्वीर

काठमाडौं । आफ्नो २४ वर्षको करिअरमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले थुप्रै हिट फिल्म दिएका छन् । उनको जीवन्त अभिनयको बलिउडमा सधैं चर्चा हुन्छ । तर पनि निर्माताले आफूजस्ता कलाकारलाई ठूदा बजेटका फिल्ममा मुख्य भूमिका प्रस्ताव नगर्ने नवाजुद्दीनले गुनासो गरेका छन् ।

हालै जुम इन्टरटेनमेन्टलाई दिएको अन्तर्वार्तामा उनले मनोज बाजपेयी र इरफान खानजस्ता कलाकारलाई लिएर कुनै पनि ठूलो बजेटको फिल्म नबनेको बताए । ‘यस्ता कलाकारलाई मरेपछि महान् भनिन्छ तर जिउँदै हुँदा सम्मान पाउँदैन,’ उनले भने ।

आज फिल्म उद्योगमा थुप्रै मध्यमस्तरका कलाकारले पैसा र शक्तिशाली साथीको आडमा ठूला बजेटका फिल्ममा काम पाइरहेको नवाजुद्दीनले दाबी गरेका छन् । ‘उनीहरुका लागि उद्योगमा अवसर सिर्जना र प्रवद्र्धन पनि हुन्छ । हामी पनि यस्ता कलाकारको विरुद्धमा केही भन्न सक्दैनौं किनभने तिनीहरूसँग शक्तिशाली साथीहरू छन्,’ उनले भने, ‘तर हामीलाई उद्योगमा ठूला कलाकार भनिए पनि हामीमा ५० करोडसम्म पनि लगानी गर्दैनन् ।’

नवाजको फिल्म ‘जोगिरा सररर’ हालै हलमा रिलिज भएको छ । यसमा उनको अपोजिट नेहा शर्मा छिन् । यसबाहेक उनी चाँडै फिल्म ‘अफवाह’मा परिणिती चोपडाको अपोजिटमा देखिनेछन् । नवाजले आफ्नो करिअर सन् १९९९ मा आमिर खानको फिल्म ‘सरफरोश’ बाट सुरु गरेका थिए । मुख्य अभिनेताको रूपमा उनको पहिलो फिल्म २०१२ मा रिलिज भएको ’ग्याङ्स अफ वासेपुर’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?